शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहाँ छ ?

2 Jun No Comments

शेयर मार्केटमा पैसा कसरी डुब्छ थाहाँ छ ?

एउटा ब्यापारी एउटा गाउँमा गयो र भन्यो,

” म तपाईंहरुसँग कुकुर खरिद गर्न आएको हुँ । गाउँमा जति कुकुर छन् म प्रति कुकुर रु. एक हजारको दरले दिन्छु ।”

गाउँलेहरुले गाउँमा भएका जति कुकुर ल्याए र उसलाई रु. एक-एक हजारको दरमा बेचे ।

केहि हप्तापछि फेरि उ गाउँमा गएर भन्यो,

” अब म प्रति कुकुर रु. दुई हजार दिन्छु ।”

फेरि गाउँलेहरुले गाउँमा बाकी रहेका र वल्लो-पल्लो गाउँमा भएका सबै कुकुरहरु समातेर ल्याए र रु. दुई हजारको दरले बेचे ।

फेरि केहि हप्ता पछि उ गाउँ गयो र अब प्रति कुकुर रु.पाँच हजारमा किन्ने कुरा सुनायो । अनि आफु बिशेष कामले शहर बाहिर जाने र उ नआइन्जेल कामको जिम्मा आफ्नो असिस्टेन्टले जिम्मा लिने कुरा बतायो र फेरि भेटौंला भनेर बाटो लाग्यो ।

गाउँलेले असिस्टेन्टलाई भने,

” हामीसँग भएको सबै कुकुरहरु बेचिसकेका छौ , हामीसँग

अरु छैनन् ।”

असिस्टेन्टले आइडिया लगायो,

” ल म तपाईंहरुलाई एउटा आइडिया दिन्छु, त्यो के भने मेरो मालिकसँग भएको कुकुरहरु रु. चार हजारमा किन्नुहोस् र

मेरो मालिक आएपछि उनीहरुलाई रु.पाँच हजारमा बेच्नुहोस् । तपाईंहरु सबैलाई रु. एक – एक हजार फाईदा हुँनेछ ।”

यो कुरामा सबै गाउँलेको चित्त बुझ्यो । उनीहरुले आफैले एक हजार र दुई हजारमा बेचेको कुकुरहरु चार- चार हजारमा किने ।

त्यसपछि हप्ता बित्यो, महिना बित्यो र साल बित्यो । गाउँमा न ब्यापारी गयो न असिस्टेन्ट नै । जता हेर्यो गाउँमा कुकुरहरु मात्रै |

🙂

Loading

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x